blog image

यात्रा कार्डको यात्रामा अगाडी बढदै

यात्रा कार्डको यात्रामा अगाडी बढदै

काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक यातायातको साधनहरुमा आधुनिक प्रणाली संचालनकोको लागि स्मार्ट कार्ड मार्फत सरकारले तोकेको भाडा भुक्तानी गर्न सक्ने गरी कपन संयुक्तमा विगत केही समय देखि गरेको परीक्षण सफल भई आज २०७८।१।९ गते विहीवार देखि मत्स्य राजधानी यातायात -मातातिर्थ देखि पुरानो वस पार्क सम्म) को रुटमा सेवा संचालन सुरुआत भयो  सेवा संचालनको लागि तत्परता देखाई सघन सहभागिताका साथ सल्लाह  सुझाव प्रदान गर्नु भएकोमा सो यातायात समितिको अध्यक्ष श्री विष्णु मानन्धरज्यू प्रति फिनटेक परीवार आभार ब्यक्त गर्दछ  साथै उक्त यातायात समिति संग सम्बद्ध सबैमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछ 

 

यस प्रकारको सेवा प्राप्त गर्न लाग्नु भएमा मातातिर्थ हुदै रत्नपार्क सम्म को रुटमा यात्रा गर्नु हुने समस्त यात्रुहरु लाई शुभकामना दिन चाहन्छौ  सेवा संचालन संगै फिर्ता पैसाको झंझट, विवाद, विद्यार्थी सहुलियत सम्बन्धमा विवाद, नोटको कारोवारवाट महामारी सर्न सक्ने अवस्थावाट छुटकारा हुने तथा छिटो छरीतो यात्रा गर्न सकिने एवँ सरकारवाट तोकिएको भाडा भुक्तानी गरी यात्रा गर्न सकिने हुदा यसवाट समग्रमा सार्वजनिक यातायातको क्षेत्रमा हाल रहेको असमान्जश्यता हट्न गई नयाँ आयामको सुरुआत हुनेमा फिनटेकले विश्वास लिएको  

उक्त रुटमा चल्ने वसहरुवाट यात्रा गर्नुहुने सबै यात्रुमहानुभावहरुमा हाल सो रुटमा फिनटेकले निशुल्क उपलब्ध गराईरहेको यात्रा कार्ड लिई सो मा पहिलो पटक रु. १०० वरावरको रिचार्ज गरी नगद को सट्टा कार्ड मार्फत भाडा भुक्तानी गरी समय को वचत, तोकिएको भाडा भुक्तानी, प्रविधीको प्रयोग  महामारीवाट टाडा रहनको लागि हामी हार्दिक अनुरोध गर्दछौ  साथै सेवा सम्बन्धमा अुनै जानकारी, गुनासो वा अन्य कुनै जिज्ञास भए उक्त यातायातको मातातिर्थ स्थित कार्यालय, रुटमा राखिएको बुथमा वस्ने कर्मचारी, वस भित्र यात्रा कार्ड वितरण तथा रिचार्जको लागि खटिएका फिनटेकको कर्मचारी वा फिनटेकको कर्पोरेट कार्यालय, नक्सालमा सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ 

धन्यवाद