blog image

कार्डबाट सवारी भाडा भुक्तानी गर्न राष्ट्र ब्यांकको अनुमति

नेपाल राष्ट्र ब्यांकले  सार्वजनिक सवारीमा यात्रा कार्डमार्फत नगदरहित भुक्तानी गर्न फिनटेक इन्टरनेशनलाई अनुमति दिएको छ। राष्ट्र ब्यांकले फिनटेकलाई भुक्तानी सेवा प्रदायकको रुपमा यात्रा कार्ड र यात्रा एप सञ्चालन अनुमति दिएको हो।


फिनटेकले उपत्यकाभित्र सार्वजनिक यातायातमा यात्रुहरुले भुक्तानी गर्ने भाडा स्मार्ट कार्डमार्फत भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याउने छ। यसले उपत्यकामा नगरहित बसभाडा तिर्ने सुविधा दिने छ। फिनटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक हेमन्त अग्रवाल भन्छन्, “राष्ट्र ब्यांकले २० माघ (मंगलबार) अनुमति दिएकोले अब आवश्यक तयारी गरेर १ फागुनदेखि नै उपत्यकाका करिब तीन सय वटा सार्वजनिक सवारीलाई नगदरहित भुक्तानीको प्रणालीमा जोड्ने छौं।”

Read More