नगद रहिद भाडा भुक्तानी प्रणाली संचालन
२०८१ साल मँसिर ४ गते मंगलबार बाडभन्ज्याँङ्ग, थानकोटमा सार्वजनिक यातायातको सवारी साधनहरु, श्री रिद्धिसिद्धि यातायात प्रा.ली.(पिपलामोड, बाणभन्ज्याँङ्ग देखि नेपाल ईन्जिीनियरिङ्ग कलेज मूलपानी सम्म) र श्री मत्स्य राजधानी यातायात प्रा.ली.(मत्स्येगाँउ देखि पुरानो बसपार्क सम्म) सँचालन हुने सवारी बसहरुमा विद्युतीय कार्डको माध्यमबाट नगद रहित भाडा भुक्तानीको शुभारम्भ नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रज्यूले पानसमा दिप प्रज्वलन गरी गर्नुभयो । सो अवसरमा प्रमुख अतिथी तथा अतिथीहरुलाई यात्रा कार्ड वितरण गरिएको र बाणभन्ज्याँङ्ग देखि चेक पोष्ट सम्म र चेक पोष्ट देखि बाणभन्ज्याँङ्ग सम्म बसमा यात्रा गराई कार्डको माध्यमवाट भाडा भुक्तानी गरी टिकट उपलब्ध गराईयो ।
सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाको मेयर श्री घनश्याम गिरी, सार्वजनिक यातायात केन्द्रिय महासँघका अध्यक्ष श्री डोलनाथ खनालज्यू, श्री रिद्धिसिद्धि यातायातको अध्यक्ष श्री लव कुमार के.सी. ज्यू, फिनटेक ईण्टरनेशनलका संचालक श्री पारस के.सी. ज्यू, ,प्रमुख कार्यकारी अधिकृत श्री अमित श्रेष्ठज्यू तथा परामर्हदाता श्री गोकर्ण सिटौलाज्यूले सेवा संचालनको लागि शुभकामना, स्वागत तथा अगामी कार्य योजना प्रस्तुत गरी आ आफ्नो भनाई राख्नु भयो ।
२०८१ साल मँसिर ४ गते देखि नै उक्त दुई यातायाताको बसहरुमा नगद रहित कार्डको माध्यमवाट भाडा भुक्तानी कार्यको सुरुआत गरियो ।